You are viewing the translated version of सम्झौता गर्नुपर्ने.
Rule 31
सम्झौता गर्नुपर्ने
(१) नियम ३० बमोजिम स्वीकृत भएको बोलपत्रदाताले बोलपत्र स्वीकृत भएको जानकारी पाएको पैंतीस दिनभित्र बोलपत्र बमोजिमको रकम दाखिला गरी प्राधिकरणसँग सम्झौता गर्न आउनु पर्नेछ।
(२) उपनियम (१) को म्यादभित्र स्वीकृत बोलपत्रदाता सम्झौता गर्न नआएमा दोस्रो बढी कबुल गर्ने बोलपत्रदाताको बोलपत्र स्वीकृत गरी सात दिनभित्र सो को जानकारी बोलपत्रदातालाई दिनु पर्नेछ। दोस्रो बढी कबुल गर्ने रितपूर्वकको बोलपत्रदाता नभएमा वा त्यस्तो बोलपत्रदाता पनि बोलपत्र स्वीकृत भएको जानकारी पाएको पैंतीस दिनभित्र सम्झौता गर्न नआएमा प्राधिकरणले बोलपत्र सम्बन्धी कारबाही रद्द गर्नु पर्नेछ।